पूर्वरानी कोमललाई आईसीयूबाट क्याबिनमा सारियो

komal-shah
लोकपाटी न्यूज

काठमाडौं। कोरोना संक्रमित भएर आईसीयूमा उपचाररत पूर्वरानी कोमलको स्वास्थ्य अवस्थामा सुधार आएको छ। स्वास्थ्यमा सुधारसँगै उनलाई सघन उपचार कक्ष (आईसीयू) बाट क्याबिनमा सारिएको छ। कोरोना संक्रमित भएपछि उनी गत वैशाख ७ मा नर्भिक इन्टरनेसनल अस्पताल भर्ना भएकी थिइन्। श्वासप्रश्वासमा समस्या देखिएपछि उनको आईसीयूमा राखेर प्लाज्मा थेरापीबाट उपचार भइरहेको थियो।

अस्पतालका अनुसार आईसीयूमा रहँदा उनलाई प्रतिमिनेट १० लिटरसम्म अक्सिजन दिइएको थियो। हाल प्रतिमिनेट ५ लिटर मात्रै अक्सिजन दिइरहेको र स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

भारतबाट फर्किएपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि संक्रमण भएको थियो। उनको भने स्वास्थ्य अवस्था सामान्य छ। कोमलसँगै नर्भिक अस्पताल भर्ना भएकी पूर्वअधिराजकुमारी प्रेरणा शाहको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्