महेश बस्नेतलाई काेराेना संक्रमण पुष्टि

  • 205
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेका सांसद महेश बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको छ। पूर्वमन्त्री समेत रहेका बस्नेतलाई शुक्रवार (हिजो) कोरोना संक्रमण पुष्टि भएको हो। हाल आफू होम आइसोलेसनमा बसिरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको सांसद बस्नेतले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ विश्वासको मत लिने घोषणासँगै सबै सांसद तथा कर्मचारीहरुको पीसीआर परीक्षण गरिएको थियो। यसैक्रममा शुक्रवार सांसद बस्नेतसहित १४ जना सांसद समेत गरि ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्