नेपाल कोरोना संक्रमण र मृत्युको दरबाट विश्वकै अग्रपंक्तिमा देखिन थाल्यो, सजग रहौं : नारायणकाजी श्रेष्ठ

Narayankaji-Shrestha
  • 383
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कोरोना संक्रमण र मृत्युको दर दुवै कोणबाट विश्वकै अग्रपंक्तिमा देखिन थालेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रवक्ता श्रेष्ठले सरकारले समयमै आवश्यक कदम नचाले स्थिति कावु बाहिर जाने बताएका हुन्।

निषेधाज्ञा गरिएको जिल्लामा गरीब, बिपन्न र श्रमजीवी परिवार रोगले मात्र नभइ भोकले समेत बाँच्न नसक्ने स्थितिमा पुग्ने उनले बताएका छन्। प्रवक्ता श्रेष्ठले श्रमजीवी वर्गलाई तत्काल राहात प्याकेज अपरिहार्य रहेको भन्दै अर्थतन्त्रको रक्षा र पुनर्स्थापनाको लागि पनि विषेश योजना आवश्यक रहेको उल्लेख गरेका छन्। सरकार र राजनीतिक पार्टीहरुले यसलाई पहिलो र मुख्य कार्यभार बनाउनु पर्ने उनले बताएका छन्। उनले सरकारबाट यस्तो संवेदनशील बिषयमा पनि कुनै सकारात्मक पहलको आशा गर्न नसकिने पिडादायी स्थिति भएको बताए।

यस्तो बेलामा सवैले स्वास्थ्यमापदण्डको पालना गरेर आफूलाई संक्रमणबाट बचाउनु मात्र पनि राम्रो कुरा भएको उनले बताएका छन्। प्रवक्ता श्रेष्ठले यस्तो अवस्थामा राजनीतिक नेता ,कार्यकर्ता ,संगठन र समाजसेवीहरुले आफूलाई बचाउने मात्रमा सिमित नरही जोखिम मोलेर समाजको लागि स्वयसेवा गर्न तयार हुन आग्रह समेत गरेका छन्। उनले यस्तो अवस्थामा सहयोगका लागि तयार नहुनेहरु पार्टीका नेता,कार्यकर्ता हुन नसक्ने र हुन नमिल्ने बताएका छन्।

साथै श्रेष्ठले भेरी अस्पतालका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अग्रपंक्तिमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु प्रति सम्मान ब्यक्त गर्दै उनीहरुको बाटो अनुशरण गर्न तयार हुनुपर्नेमा जोड दिएका छन्। यस्तै, प्रवक्ता श्रेष्ठले कोरोनाको पहिलो लहरको समयमा कृयाशील रहेको आफ्नो सचिवालय अन्तर्गतको कोभिड स्वयंसेवा समूह (Covid Volunteer Service –CVS) पुनः कृयाशील रहेको समेत जानकारी गराएका छन्।

Narayan st