काेराेना भाइरस नियन्त्रणमा रहेकाे प्रधानमन्त्रीकाे दावी

लोकपाटी न्यूज

काठमाण्डाै। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले काम गरिरहेको बताएका  छन्। आज दिउँसो १२ बजे अमेरिकी टेलिभिजन सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्ध लागू गरिएको र अहिलेसम्म नेपालमा यो महामारी नियन्त्रणमा रहेको दाबी गरे।

उनले लापर्बाहीका कारण नेपालमा संक्रमण फैलिएको पनि स्वीकार गरेका छन्। महामारीकै बीचमा राजनीतिक प्रदर्शन, सभा र जुलुस गरेर राजनीतिक दलले गलत गरेको उनको भनाइ छ। उनले अहिलेसम्म नेपालले कोरोना महामारी नियन्त्रणका लागि पहल गरिरहेको पनि बताए।

यस्तै, उनले काेराेना विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्