राजनीतिक दलहरूले प्रदर्शन, सभा र जुलुस गर्नु गलत : प्रधानमन्त्री ओली

kp-sharma-oli
  • 199
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूबाट गल्ती भएको बताएका छन्। शनिबार अमेरिकी समाचार संस्था सीएनएनसँगको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीले राजनीतिक दलहरूले गत महिना राजनीतिक दलहरूले प्रदर्शन, सभा र जुलुस गर्नु गलत भएको बताए।

प्रदर्शन राजनीतिक भए पनि सामाजिक समस्या भएको उल्लेख गर्दै आफूहरूबाट हेलचक्र्याइँ भएको स्वीकार गरे। कोभिड–१९ को महामारी अन्त्य नहुँदै राजनीतिक भेला र सम्मेलन गर्दा समस्या भएको ओलीले बताए।

प्रधानमन्त्री ओलीले उच्च जोखिम रहेको क्षेत्रमा कोरोना संक्रमण फैलिन नदिन निषेधाज्ञा लागू भएकाले अहिलेसम्मको परिस्थिति नियन्त्रणमा रहेको बताए। ओलीले कोभिड–१९ सँग लड्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताए। यस्तै, उनले काेराेना विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग पनि आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्