बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।  अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ। बैठकमा कोभिड-१९ रोकथाम नियन्त्रणलगायतका विषय र समसामयिक विषयमा छलफल हुनेछ। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ। तर, विशेष निर्णय लिनुपर्दा जुनसुकै दिन पनि बैठक बोलाउने गरिएको छ।

पछिल्लो केही दिनदेखि विकसित राजनीतिक घटनाक्रम हेर्दा आजको आकस्मिक बैठकले कुनै ठोस निर्णय गर्न सक्ने अनुमान गरिएको छ। आगामी २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिने तयारी गरेका छन् भने आइतबार संवैधानिक परिषदको बैठक बोलाएका छन्।

यस्तै, सरकारले बजेट अधिबेशन तत्काल आव्हान गर्ने भएको छ। आज बस्ने मन्त्रिपरिषदको बैठकले बैशाख ३० गते बजेट अधिबेशन आव्हान गर्न राष्ट्रपति बिद्यादेबी भण्डारी समक्ष सिफारिस गर्ने तयारी गरेको एक मन्त्रीले जानकारी दिए।

बैशाख २७ गते प्रधानमन्त्रीले प्रतिनिधिशभाबाट विश्वासको मतको लिने प्रक्रिया सम्पन्न भएपछि बिशेष अधिवेशन सकिने र ३० गते बाट बजेट अधिबेशन सुरु गर्ने तयारी सरकारले गरेको हो। सविधान अनुसार जेष्ठ १५ गते गणतन्त्र दिवसका दिन नै बजेट पेश गर्नुपर्ने अबस्था छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्