ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको नेपाली कांग्रेसकाे निष्कर्ष

Nepali congress
लोकपाटी न्यूज

काठमाडाैँ। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष नेपाली कांग्रेसले निकालेको छ। शनिबार बसेको कांग्रेस संसदीय दलको बैठकले असफल प्रधानमन्त्रीलाई सत्तामा राखिरहँदा देश नै असफल हुने भन्दै उनलाई विस्थापन गर्न अग्रसरता देखाउने निर्णय गरेको हो। चैत्र २१ गतेको कांग्रेस केन्द्रीय समिति बैठक गरेको निर्णयलाई नै आजको संसदीय दलको बैठकले सदर गरेको बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए।

सो बैठकले प्रधानमन्त्री पूर्णरुपमा असफल भएकाले उनलाई हटाएर कांग्रेसकै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो। आजको बैठकमा सरकार कोभिड नियन्त्रण र जनताको स्वास्थ्यप्रति संवेदनशील नभएको विषयमा पनि छलफल भएको खाँणले बताए। कमिसनका कारण कोरोना खोप रोक्नु ठूलो अपराध भएकाले त्यसमा संलग्नलाई कारबाही गर्न कांग्रेसले माग गरेको खाँणको भनाइ छ।

कोभिड व्यवस्थापन र आम नागरिकको जीवन रक्षाका लागि गम्भीर बन्न सरकारलाई कांग्रेसले आग्रह गरेको छ। सरकारले अध्यादेश ल्याउनु देशको संविधान र प्रणालीलाई खल्बल्याउनु भएको उनले बताए। असंवैधानिक तरिकाले गरिएका नियुक्तिहरु कांग्रेसलाई मान्यता नहुने भन्दै असंवैधानिक रुपमा बोलाइएको संवैधानिक परिषद् रोकिनु पर्ने माग खाँणले गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्