प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई फेरी कोरोना संक्रमण

लोकपाटी न्यूज

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ।शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीसहित करिब १०० जनामा गरिएको पिसिआर परीक्षणका क्रममा थापाको रिपोर्ट पोटेजिभ आएको हो।

थापाले यसबारे सामाजिक सञ्जालबाट जानकारी दिँदै आफूलाई दोस्रोपटक संक्रमण भएको बताएका छन्। उनले लेखेका छन्, ‘दाेस्राेपटक पाेजिटिभ ! टेलिफाेनमा चासाे, जिज्ञासा र शुभकामना दिनेभन्दा यहाँ नै उपस्थिति प्रार्थनीय छ है ! शुभेच्छाका लागि सबैप्रति धन्यवाद।’

त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप ८४१८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार नेपालमा ९१९६ जनामा संक्रमण पुष्टि भएको थियो भने ५० जनाले ज्यान गुमाएका थिए।

मन्त्रालयले शनिबार जनाएअनुसार १७ हजार ३१५ जनाको पीसीआर विधि र ९८९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा क्रमशः ८ हजार २८७ र १३१ जनामा संक्रमण पुष्टि भएको हो। यससँगै देशभर कोरोना संक्तमितको कुल संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ भने निको हुनेको संख्या २ लाख ९८ हजार ७६५ पुगेको छ भने मृतकको कुल संख्या ३६३२ पुगेको छ।

आजसम्म देशभर सक्रिय संक्रमित ८३ हजार ४९३ जना पुगेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्