काेराेना नियन्त्रणमा अधिकतम् स्रोत साधन परिचालन गर्ने मन्त्रिपरिषद बैठककाे निर्णय

  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ। साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।

उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो। ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ। त्यसमा अस्पतालहरूको व्यवस्थापनदेखि अक्सिजन, भेन्टिलेटर लगायतको व्यवस्थापन गर्ने तथा महामारीका विरुद्धमा लड्न सबै मन्त्रालयको भूमिकाको आवश्यकतामाथि समिक्षा भएको छ’, मन्त्री त्रिपाठीको भनाइ छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्