महिला लघुवित्तको सेयरमा नकरात्मक सर्किट

Share-Market
लोकपाटी न्यूज
0 Shares

काठमाडौंमा। साताको पहिलो कारोबार दिन आइतवार महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशतले घटेको छ।

कम्पनीको शेयर मूल्य प्रतिकित्ता  ४ हजार ५२७ रुपैयाँ कायम भएको हो। कम्पनीको शेयरमा खरीदकर्ताभन्दा विक्रेता धेरै भएकाले शेयर मूल्य घटेको हो। त्यसो त कम्पनीको शेयर विगत ३३ दिनदेखि सकारात्मक सर्किट लाग्दै आएको थियो।

आइतवार पुन : विक्रेता हावी हुँदा शेयर मूल्य घटेको देखिन्छ। आइतवार कम्पनीको शेयर ५ हजार २८१ रुपैयाँमा खुला भएर उच्च मूल्य  ५ हजार ४९३ रुपैयाँसम्म पुगेको थियो। यो समाचार तयार पार्दाको समयसम्ममा मार्केट डेप्थमा उक्त कम्पनीको शेयर विक्री आदेश २८ हजार ७१७ रहेको छ भने खरीद आदेश शून्य रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्