प्रभु सेलेक्ट फण्डकाे जेष्ठ ५ गतदेखि प्राथमिक निष्काशन तथा बिक्री खुला

लोकपाटी न्यूज

काठमाडौं। प्रभु सामुहिक लगानी कोष अन्तरगत प्रभु सेलेक्ट फण्डले आगामी जेष्ठ ५ गतदेखि फण्डको प्राथमिक निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले १ अर्ब बराबरको १० करोड इकाई जारी गर्न लागेको हो।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ। यो योजना एक बन्दमूखि योजना हो। यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ।

निष्काशित कुल इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटललाई १ प्रतिशत अर्थात १० लाख इकाई गरी कूल १५ प्रतिशत अर्थात १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

फण्डको इकाईमा लगानी गर्न इच्छुक लगानीकर्ताले ५ गते बाट छिटोमा जेष्ठ ९ गतेभित्र आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १९ गतेसम्म इकाई बिक्री खुला रहने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्