ओलीले विश्वासको मत लिँदा कति सांसद भए अनुपस्थित ?

kp_oli
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सोमबार विश्वासको मत लिँदा २७ सांसद अनुपस्थित रहेका छन्। अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका छन्। ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका छन्।

आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४ मत प्राप्त भयो भने तटस्थ १५ जना रहे। सदनमा जम्मा २३२ सांसद उपस्थित रहका थिए। आजको संसद बैठकमा ओली विश्वासको मत लिन असफल भएका छन् भने उनी नेतृत्वको सरकार ढलेको छ।

यस्तै,प्रतिनिधिसभा बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित भएको छ। प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको आजको बैठकपछि सभामुख अग्नि सापकोटाले बैठक वैशाख ३० गतेसम्मका लागि स्थगित गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्