राष्ट्रपतिसँग छलफल गर्न प्रधानमन्त्री शीतलनिवासमा

लोकपाटी न्यूज

काठमाडौँ।  संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतलनिवास पुगेका छन्। प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबीच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको हो। संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रतीक्षा दलहरुले गरिरहेका छन्।

 प्रधानमन्त्रीले संसद्‍मा विश्वासको मत पाउन असफल भएपछि विपक्षी तीन दलका नेताले संविधानको धारा ७६ को उपधारा २ बमोजिम नयाँ सरकार गठक प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन्। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन्।

विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको अवस्थामा काँग्रेस, माओवादी केन्द्र र जसपाका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिलाई यस्तो प्रक्रिया थाल्न सुझाव दिएका छन्। काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा हस्ताक्षरित संयुक्त विज्ञप्तिमा जारी गरेर नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन भनेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्