आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

लोकपाटी न्यूज

काठमाडौं। एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको आरएमडीसी लघुवित्तको संस्थापक सेयर लिलामी भर्ने आज (वैशाख २८ गते) अन्तिम दिन हो। आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। बैंकले वैशाख २२ गतेबाट कम्पनीको ४ लाख ५८ हजार २५५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा न्यूनतम ४०८ रुपैयाँ भाउ राखेर आवेदन दिन सकिनेछ।

लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन्। लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्