बिहीबारदेखि अमेरिकामा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाईदै

लोकपाटी न्यूज
0 Shares

अमेरिकामा अब १२ देखि १५ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाइने छ। रोयटर्सका अनुसार यसैहप्ताको बिहीबारदेखि बालबालिकामा कोरोनाविरुद्धको खोप अभियान संचालन हुन लागेको हो। अमेरिकी सरकारले फाइजर–बायोएनटेकको खोपलाई १२ देखि १५ वर्षसम्मका बालबालिकामा प्रयोग गर्न आपतकालीन अनुमति दिएको छ।

चाँडै विद्यालय खोल्ने उद्देश्यका साथ खोप अभियान संचालन गर्न लागिएको बताइएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाभरका बालबालिकामा चाँडै खोप लगाउन निर्देशन दिएका छन्। उनले सबैलाई आफ्नो बालबच्चा सुरक्षित राख्न र आफैं पनि सुरक्षित रहन खोप कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्