बैंकहरूको निक्षेप संकलन भन्दा कर्जा लगानीमा वृद्धि

Bank Loan
लोकपाटी न्यूज

काठमाडौं। बैंकहरुमा महामारीकै बिच कर्जा लगानी बढ्न थालेको छ। बैंकहरूको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी देखिएको छ।

नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक सातामै १५ अर्ब रुपैयाँ ऋण लगानी भएको छ। जबकि यस अवधिमा बैंकमा १० अर्ब निक्षेप भित्रिएको छ। गत सातासम्म बैशाख १७ ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा यो साता (बैशाख २४) १० अर्बले बढेर ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ। यस्तै ऋण लगानी पनि गत सातासम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । तर यस सातासम्म आइपुग्दा ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ।

अघिल्लो साताको तुलनामा भने गत साता निक्षेप एक अर्ब रुपैयाँले मात्र बढेको थियो। सो बेला कर्जा लगानी भने ११ अर्बले बढेको थियो। पहिलो चरणको कोरोना महामारीमा लगानी ठप्प बन्दा बैकिङ सिस्टममा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो। तर अहिले उद्योग धन्दाहरू आंशिक खुला भएकाले पनि लगानी विस्तार आक्रामक बनेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्