एमाले नेता खनाल डिस्चार्ज, कस्तो छ स्वास्थ्य ?

Jhalanath_Khanal
  • 17
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज निको भई घर फिर्ता भएका छन्। कोभिड-१९ संक्रमित भएपछि यही वैशाख १८ गते नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका नेता खनाल स्वस्थ भई डिस्चार्ज भएका हुन्।

उनी यही वैशाख २६ गते कोभिड-१९ संक्रमणमुक्त भएका थिए। अस्पतालका कर्पोरेट कम्युनिकेसन प्रमुख सोमनाथ बाँस्तोलाले पूर्वप्रधानमन्त्री खनाल स्वस्थ भएपछि चिकित्सकको सल्लाहानुसार डिस्चार्ज भएको जानकारी दिए।

संक्रमण भएपछि उनलाई सुरुमा अक्सिजन दिइएको र त्यसपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो। नेता खनालका उपचारमा अस्पतालका चिकित्सक डा जेपी जैसवाल र डा. बी श्रीवास्तव नेतृत्वको स्वास्थ्यकर्मीको समूह संलग्न थियो। रासस

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्