जेठ १७ सम्मका लागि अन्तरराष्ट्रिय उडान बन्द

plane
लोकपाटी न्यूज
0 Shares

काठमाडौँ। सरकारले अन्तरराष्ट्रिय उडान थप २० दिन बन्द गर्ने निर्णय गरेको छ। नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजुकमार केसीले जेठ १७ गतेको मध्यरातसम्म बन्द गर्ने निर्णय गरिएको जानकारी दिए।

भारत र नेपालबीच सातामा दुई पटक हुने उडानबाहेक नियमित व्यवसायिक उडानमाथि लगाइएको प्रतिबन्ध कायम रहेको उनले बताए। ‘एयरलायन्स कम्पनीले अर्को सूचना जारी नगरेसम्मका लागि टिकट बुकिङ नगर्नु,’ प्राधिकरणले जारी विज्ञप्तिमा लेखिएको छ,’ एयर बबल सुविधा अनुसार भारततर्फ सातामा दुई पटक हुने उडान बन्द गरिएको छैन।’

यसअघि मन्त्रिपरीषद्को बसेको बैठकले वैशाख २३ गते देखि ३१ गतेसम्म बन्द अन्तरराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको थियो।