कोरोनाका कारण एमाले नेता चौलागाईँको निधन

pashupati chaulagai
  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। एमालेका नेता तथा वागमती प्रदेश सभाका सदस्य पशुपति चौलागाईँको कोरोनाका कारण निधन भएको छ।
मनमोहन मेमोरियल अस्पतालमा उपचाररत चौलागाईँको मंगलबार राति निधन भएको हो।

गत साता कोरोनाभाइरसबाट संक्रमित भएपछि उनी अस्पताल भर्ना भएका थिए। दोलखा प्रदेश सभा (ख) बाट निर्वाचित भएका चौलागाईँ यसअघि प्रतिनिधिसभा सांसद समेत थिए।

चौलागाईँ युवा संघका पूर्वअध्यक्ष र पछि पार्टीको वागमती अञ्चल कमिटीको इञ्चार्ज समेत बनेका थिए। चौलागाईँका श्रीमति सहित एक छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्