देशको संकट हल गर्न बाबुराम भट्टराईका चार प्रस्ताव

Baburam-Bhattarai-1
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संकट हल गर्न चार प्रस्ताव अगाडि सारेका छन्। डा. भट्टराईले बुधबार विहान ट्वीट गर्दै वर्तमान र पूर्वप्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संविधानको धारा ७६ (२) बमोजिम सरकार बनाउनपर्नेमा जोड दिएका छन्।भट्टराईले ट्वीटरमा लेखेका छन्, १.धारा ७६(२)वमोजिम सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं;२.दलका प्रमुख/पूर्व प्रम रहेको निर्देशक समिति;३.साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,TRC/मुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू४.एक बर्षभित्र चुनाव।’

 

183063390_753725332177002_5369029256133495595_n

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्