भरतपुर महानगरलाई अक्सिजन सिलिन्डर सहयोग

pic
लोकपाटी न्यूज

चितवन। चितवन अटोमेकानिकल व्यवसायी संघले भरतपुर महानगरपालिकालाई अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ। मंगलबार महानगर परिसरमा पुगेर व्यवसायीले १६ थान अक्सिजन सिलिन्डर महानगर प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडालाइ प्रदान गरेका हुन्।

कोभिड–१९ महामारीको क्रममा अक्सिजनको अभावमा बिरामीले ज्यान गुमाउनु परेको भन्दै यस्तो समस्या कम होस् भन्ने उद्देश्यले आफूहरुले सहयोग गरेको संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेले जानकारी दिए।

संक्रमण केही सहज भएपछि उक्त सिलिण्डर फिर्ता हुनेगरी ति ग्यास सिलिन्डर हस्तान्तरण गरिएको हो। यसभन्दा अगाडि गैडाकोट नगरपालिकाको वडा नं. ११ मा अवस्थित नगर अस्पतालको कोभिड–१९ आईशोलेसनलाई १० वटा अक्सिजन सिलिण्डर र ईच्छाकामना गाउँपालिकालाई १० थान अक्सिजन सिलिण्डर चितवन अटो मेकानिकल व्यवसायी संघले हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्