अभिनेत्री स्वेतालाई पति शोक

Milan sapkota
लोकपाटी न्यूज

काठमाडौं। अभिनेत्री स्वेता भट्टराईलाई पति शोक परेको छ। उनका श्रीमान मिलन सापकोटाको मंगलबार चावहिलस्थित एक अस्पतालमा निधन भएको हो।

सापकोटालाई कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो। परिवारका अनुसार अक्सिजन लेभल कम भएपछि केही दिन अघि उनलाई अस्पताल भर्ना गरिएको थियो।

काभ्रे, रोशी गाउँपालिका वडा नम्बर १० का सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन्। यो जोडीको एक छोरी छन्।

स्वेताले फिल्म ‘रिदम’, ‘ब्ल्याकमेल’, ‘प्रोड्यूसर’लगायतका फिल्ममा प्रमुख भूमिकामा अभिनय गरेकी थिइन्। दाम्पत्य जीवनमा बाँधिएपछि उनी फिल्म क्षेत्रबाट टाढिएकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्