काठमाडौं। आज बुधबार सुन तोलाको ३०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज बुधबार सुन ३०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ, तेजावी ९१ हजार ५०० रुपैयाँ कायम गरिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल (२४ क्यारेट) सुनको भाउ मंगलबार ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। सोमबार ९२ हजार, आइतबार १ सयले बढेर ९१ हजार ८ सय, शुक्रबार ९१ हजार ७ सय र बिहीबार ९० हजार ६ सय थियो।
त्यसैगरी तेजाबी (२२ क्यारेट) सुनको भाउ पनि ३ सयले घटेर तोलाको ९१ हजार ५ सय कायम भएको छ। हिजो मंगलबार ९१ हजार ८ सय, सोमबार ९१ हजार ५ सय, आइतबार ९१ हजार ३ सय, शुक्रबार ९१ हजार २ सय र बिहीबार ९० हजार १ सय थियो।
चाँदीको भाउ भने स्थिर रहेको छ। आज पनि हिजो मंगलबारकै भाउ तोलाको १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार १ हजार ३ सय ६०, आइतबार १ हजार ३ सय ४५, शुक्रबार १ हजार ३ सय ५० र बिहीबार १ हजार ३ सय १५ थियो। छापावाल सुन वैशाख २२ मा ९० हजार ३ सय, २३ मा ९० हजार ६ सय, २४ मा ९१ हजार ७ सय, २६ गते ९१ हजार ८ सय, २७ मा ९२ हजार र २८ मा ९२ हजार ३ सय रुपैयाँ थियो।