पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। गुरुङलाई आजै प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।
प्रदेश प्रमुखले वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समय सीमाभित्र कांग्रेस, माओवादी र जसपासहितको विपक्षी गठबन्धले बहुमत जुटाउन नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुन्।
उनलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गरेर शपथ ग्रहण गराएकी हुन्। अबगुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ। पुन:मुख्यमन्त्री बनेका गुरूङले कोभिड कोषमा ४ करोड जम्मा गर्ने पहिलाे निर्णय गरेका छन्।