विश्वासको मत ३० दिनभित्र लिएर देखाउने मुख्यमन्त्री गुरुङको दाबी

लोकपाटी न्यूज

पाेखरा। गण्डकी प्रदेशमा बहुमतको सरकार बन्न नसकेपछि प्रदेश सभाको ठूलो दलको हैसियतमा पुनः मुख्यमन्त्री पदको शपथ लिएका पृथ्वीसुब्बा गुरुङले आगामी ३० दिनभित्र विश्वासको मत लिएरै देखाउने दाबी गरेका छन्। शपथ लिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रदेशमा अस्थिरता चाहनेहरूको खेल जारी रहेको आरोप समेत लगाए।

विपक्षीलाई संवैधानिक व्यवस्था अनुसार बहुमत पुर्‍याउन दिएको समयसीमा ३ दिन बुधवार सकिएकोमा प्रदेश प्रमुखले स्वतः आफूलाई दोस्रो पटक नियुक्ति गरेको उनले बताए। कोरोना नियन्त्रणका लागि प्रदेशको कोभिड कोषमा ४ करोड रुपैयाँ राख्ने उनले बताए। उनले १–२ दिनपछि मात्र मन्त्रिमण्डल विस्तार गर्ने बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्