हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्बन्धी सम्झौता हुने

  • 53
    Shares
लोकपाटी न्यूज

काठमाडाैँ। निकै लामो समयदेखि मर्जरको चर्चामा रहेका हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आज मर्जर सम्बन्धी सम्झौता हुने भएको छ। निकै पुराना ती बैंकबीच आज अल्फट होटलमा आज ३ बजे मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुन लागेको हो।

यसअघि नै दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पारित गरिसकेकाले आज मर्जर सम्झौतामा हप्ताक्षर गर्न लागेका हुन्। हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ बराबर १ को अनुपातमा मर्जर हुन लागेका हुन्।

मर्जरपछि बन्ने बैंकको अध्यक्षमा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाण्डे हुने छन्। यसैगरी, प्रमुख कार्यकारी अधिकृतको रुपमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन्। नयाँ बन्ने बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे रहने भएका छन्।

दुई ठूला बैंक मर्जर भएपछि निक्षेप, कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो बैंक हुने छ। बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने सहमति भइसकेको बुझिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्