प्रभु इन्स्योरेन्स कम्पनीकाे तेस्रो त्रैमाससम्मकाे नाफा ४ दशमलवल ९ प्रतिशतले वृद्धि

  • 100
    Shares
लोकपाटी न्यूज

काठमाडौं। चालू आवको तेस्रो त्रैमाससम्ममा प्रभु इन्स्योरेन्स कम्पनीले १५ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ।

यो नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ४ दशमलवल ९ प्रतिशतले वृद्धि भएको हो। कम्पनीले गत आवको तेस्रो त्रैमासमा  १५ करोड २२ लाख रुपैयाँ नाफा कमाएको थियो। त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा १ अर्ब १५ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। चुक्तापूँजी  १ अर्ब ५ करोड ६२ लाख रुपैयाँ रहेको उक्त कम्पनीले जगेडामा २८ करोड ९३ लाख र बीमा कोषमा ७८ करोड ८९ लाख रुपैयाँ सञ्चित गरेको छ।

हालसम्ममा कम्पनीले जारी गरेको बीमालेखको संख्या ८० हजार ४८७ पुगेको छ। त्यसैगरी कम्पनीको नविकरण गरिएको बीमालेखको संख्या १७ हजार ५५८ रहेको छ। चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले ७ हजार ६३० जनालाई २९ करोड ३९ लाख ३९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ भने १ हजार ९५९ जनालाई  १६ करोड ९२ लाख ९५ हजार रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी  १५, मूल्य आम्दानी अनुपात  ६४, तरलता अनुपात २ दशमलव ६८ प्रतिशत र प्रतिशेयर नेटवर्थ  २१३ रहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्