एमालेले चारै नेतालाई पठायो निलम्बन फुकुवा गरिएको पत्र

madhav nepal team
  • 181
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा एमालेले निलम्बन फुकुवाको पत्र काटेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल वार्तामा रहेकै समयमा चारैजनालाई पत्र पठाएको हो। स्थायी समितिले गरेको निर्णयबमोजिक प्रक्रिया अघि बढाइएको केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए।

नेता नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन फुकुवा गरेको पत्र पठाइएको हो। यसअघि २०७७ चैत १६ गते प्रतिनिधिसभा सदस्यबाहेक अन्य पदमा निलम्बन गर्ने निर्णय एमालले गरेको थियो। बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उनीहरु चारै जनामाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।

फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनर्थापित एमालेका अध्यक्ष ओलीले फागुन २८ मा आफ्ना पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन गर्ने, केन्द्रीय सदस्यहरु थप्ने र माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोस्ने निर्णय गरेपछि नेपाल समूहले वैशाख ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला बोलाएको थियो।

भेलाका लागि अगुवाइ गरेको भन्दै चैत ७ मा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले चार नेतालाई स्पष्टीकरण सोधेको थियो। नेताहरुले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै उनीहरुलाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्