सरकार गठनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक जारी

  • 35
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको छ। आज अपरान्ह ४ बजेदेखि पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक जारी छ।

नयाँ सरकार बनाउन दाबी गर्ने कि नगर्ने भन्नेबारे पदाधिकारी बैठकमा छलफल भइरहेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि दलहरूलाई दिएको समय आज बेलुकी ९ बजे सकिँदैछ।

बिहीबार बिहान देउवा निवासमा भएको जनता समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोसँगको वार्तापछि देउवाले बैठक बोलाएका हुन्। सत्ता साझेदारीका लागि तयार माओवादी केन्द्रको स्थायी कमिटी बैठक पनि अपराह्न ५ बजेका लागि बोलाइएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहका चार नेतालाई गरेको कारबाही बिहीबार नै फुकुवा गरेका छन्। यसलाई माधव समूहका नेताले सकारात्मक भनेर प्रतिक्रिया दिएका छन्। यता नेपाल निकट कानुन व्यवसायीहरुले उनलाई राजीनामा नगर्न सुझाव दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्