सांसदलाई रिसोर्टमा राखेर भारतीय दूतावास छिरे ठाकुर र महतो

Mahanth_Thakur_Rajendra_Mahato
  • 720
    Shares
लोकपाटी न्यूज

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भारतीय राजदूतावास पुगेका छन्। सरकार गठनका लागि दलहरूको दौडधुप बढिरहेका बेला ठाकुर र महतोको दूतावास प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

आफूपक्षीय सांसदहरूलाई भक्तपुरस्थित डोलेश्वर रिसोर्टमा राखेर दुवै नेता लैनचौरस्थित भारतीय दूतावास पुगेका छन्। सरकार गठनसम्बन्धमा भइरहेका गतिविधिबारे छलफल गर्न भनेर सांसदहरूलाई रिसोर्टमा राखिएको छ।

तर, ठाकुर र महतो सांसदहरूलाई त्यहाँ छोडेर रिसोर्टमा छोडेर निस्किएका छन्। ‘खाना खाएर छलफल गर्ने कुरा थियो। ठाकुरजी र महतोजीलाई कुनै मिटिङमा जानुपर्ने भयो,’ रिसोर्टमै रहेका एक सांसदले भने, ‘अहिलेसम्म उहाँहरूले कुनै ब्रिफिङ गर्नुभएको छैन। उहाँहरू फर्केर आएपछि छलफल सुरू हुन्छ।’

रिसोर्टमा महन्थ-राजेन्द्र पक्षीय १३ सांसद रहेको बुझिएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ को सिपाडोलस्थित रिसोर्टमा रहेका जसपा सांसदहरूको व्यवस्थापनमा एमालेका नेता कार्यकर्ताहरू सक्रिय रहेको स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्