माओवादी केन्द्रको आकस्मिक बैठक जारी

Prachanda
  • 652
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपा माओवादी केन्द्रको आकस्मिक स्थायी समिति बैठक जारी छ। भावी सरकार गठनका विषयमा छलफल गरिरहेका बेला माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको हो।

बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बसिरहेको छ। काँग्रेस सभापति देउवासँग छलफल गरेर फर्किएपछि अध्यक्ष प्रचण्डले आकस्मिक बैठक राखेका हुन्।

वैकल्पिक सरकारको पक्षमा जसपा एक ढिक्का नभएको अवस्थामा अब कसरी अघि बढ्ने भन्ने विषयमा माओवादीले छलफल गरिरहेको छ। उता सरकार गठनबारे छलफल काँग्रेसले पनि पदाधिकारी बैठकमा छलफल गरिरहेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्