कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति देउवा निवासमा जारी

congress-padadhikari-baithak
  • 48
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवासमा जारी रहेको छ। देउवा निवास बुढानिलकण्ठमा केही बेर अघि बैठक सुरु भएको हो । बैठकमा कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको सहभागिता रहेको छ।

संयुक्त सरकार गठनको विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। त्यस अघि उनले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका थिए । ठाकुरले सरकार गठन प्रक्रियामा समर्थन गर्न नसकिने बताएका थिए।

बैठकमा सरकार गठनका लागि हालसम्म भएको प्रगगिको बारेमा देउवाले ब्रिफिङ गर्ने छन् । बैठकले अब बनाउने रणनीति समेत तय गर्ने छ। संयुक्त सरकार गठनको लागि कांग्रेसले नेतृत्व गरिरहेको छ । तर आवश्यक संख्या पु¥याउन नसक्दा कांग्रेसलाई संकट परेको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्