देउवालाई भेट्न जसपा अध्यक्ष यादव बूढानीलकण्ठ जादै

  • 99
    Shares
लोकपाटी न्यूज

काठमाडाैं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव बूढानीलकण्ठ जान लागेका छन्। यादव बूढानीकलण्ठ आउन लागेको कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

राष्ट्रपतिले बहुमतका लागि दिएको समयसीमा आज सकिँदै गर्दा नेताहरुको भेटघाट तीव्र भएको छ। बहुमत पुग्ने आधार भने देखिएको छैन। पार्टीभित्रको आन्तरिक विवादले गर्दा जसपा दुईतिर देखिएको छ। बिहान मात्रै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिषठ नेता राजेन्द्र महतोले कांग्रेस सभापति देउवालाई भेटेका थिए।

महतका अनुसार देउवा र यादव बीचको छलफलमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि सामेल हुने  छन्। माओवादीको स्थायी कमिटी सकिएपछि प्रचण्ड पनि देउवा निवास जाने छन्। तीन नेताबीच छलफल गरेर बहुमतको सरकार निर्माणका लागि माग दाबी पेस गर्ने नगर्ने तय हुने महतले बताए।

उनले भने, ‘परिस्थिति अनुकूल बनेको अवस्था छैन। परिस्थिति अनुकूल बनेपछि अगाडि बढ्ने हो। अहिलेसम्म त्यो भएको छैन। संकट नै देखिएको छ।’ अब सरकारका लागि दाबी पेस गर्नुहुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘यादवजी आउँदै हुनुहुन्छ। सरसल्लाह गरेर गर्छौं। त्यसको अर्थ हुने गरेर दाबी पेस गर्ने हो। अर्थ नै नहुने गरी दाबी पेस गर्न कुरा भएन।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्