बहुमतको दाबी गरी राष्ट्रपति कहाँ नजाने माओवादी बैठकको निष्कर्ष

फाइल तस्बिर
लोकपाटी न्यूज

काठमाडौँ। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेर फर्किएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले डाकेको स्थायी कमिटी बैठकले बहुमतको दाबी गरी राष्ट्रपति कहाँ नजाने निर्णय गरेको छ। एमालेको माधवकुमार नेपाल पक्षले तत्काल राजीनामा नदिने निर्णय गरेपछि माओवादी केन्द्रले यस्तो निर्णय गरेको हो। उता कांग्रेसले पनि बहुमत जुटाउन नसकेको निष्कर्ष निकालेको छ।

केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझसम्म बहुमतको सरकार गठनको समयसीमा दिएकी थिइन्। एमालेको माधवकुमार नेपाल समूहका सांसदले राजीनामा नदिएपछि अब बहुमतको सरकार बन्ने सम्भावना पनि लगभग सकिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्