५० हजार भन्दा कम रकम डिपोजिट नलिने बैंकर्स संघकाे निर्णय

bank-shutterstock
  • 10
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। नेपाल बैंकर्स संघले निषेधाज्ञालाई मध्यनजर गर्दै सम्पूर्ण ग्राहकहरुमा डिजिटल बैकिङको प्रयोग गर्न आग्रह गरेको छ। संघले विज्ञप्ती जारी गर्दै बैंकहरुमा हुने भीडभाड कम गर्न यस्तो निर्णय गरिएको बताएको छ। कोभिडको जोखिम कम गर्न निशेधाज्ञा अवधिभर ५० हजार रुपैयाँभन्दा माथि मात्रै डिपोजिट गर्न सकिने व्यवस्था गरेको हो।

बैंकमा भीडभाड कम गर्न बैंकहरुले निशेधाज्ञा अवधिभर खाताबाट नगद झिक्ने, खातामा नगद जम्मा गर्ने (रु ५० हजार भन्दा माथि मात्रै), रकम स्थानान्तरण, विप्रेषण भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार सेवा उपलब्ध गराउने संघले जनाएको छ। नेपाल सरकारले अत्यावशक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन गरेको आह्वानलाई ध्यान दिदै सम्पूर्ण ग्राहकमा डिजिटल बैकिङको प्रयोग गर्न संघले आग्रह गरेको हो।

डिजिटल बैकिङको प्रयोग गर्दा कुनै समस्या आएमा वा सहयोग आवश्यक परेको खण्डमा सम्बन्धित बैंकमा फोन वा इमेल मार्फत सम्पर्क गर्न सकिने व्यवस्था समेत गरेको छ। बैंकहरुका सबै एटिएम खुला रहनुका साथै बैंकका कल सेन्टरहरु समेत कार्यालय समय भर उपलब्ध हुने संघले जनाएको छ। यी बाहेक अन्य केही जरुरी भएमा बैंक शाखाका सम्पर्क व्यक्तिहरुको विवरण शाखा कार्यालय तथा बैंकको वेबसाइटमा समेत उपलब्ध हुने संघले जनाएको छ।