‘फ्रेस ब्लड डोनर’ ग्रुप द्धारा रक्तदान कार्यक्रम सञ्चालन

  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। यतिबेला कोरोना महामारीको कारण देश अक्रान्त भइरहेको छ। दोस्रो लहरको रुपमा सुरु भएको कोरोनाको कारण मानिसहरू यतिबेला घर बाहिर निस्किन समेत डराइरहेको अवस्थामा ‘फ्रेस ब्लड डोनर ग्रुप’ ले भने यतिबेला देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन गरिरहेका छन्।

कोरोना महामारीका बिच रगतको चरम अभाव एवम् मानिसहरू रगत दिन समेत डराउने स्थिति सिर्जना भएको हुदा जतिबेला पनि रगत आवश्यकता पर्ने सम्भावनालाई ख्याल गर्दै रक्तदान कार्यक्रम सञ्चालन गरेको हो। रेडक्रस संग समन्वय गरि यो ग्रुपले लकडाउनकै बिचमापनि जोरपाटि टोखा झोर टेकु र सामाखुसि लगाएतका विभिन्न ठाउहरुमा रक्तदान कार्यक्रम सञ्चालन गरेको यसको ग्रुपका अभियान्त हरि ढकालले जानकारी गराएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्