साँझ फेरी भारतीय दूतावास छिरे महन्थ ठाकुर र राजेन्द्र महतो

Mahanth_Thakur_Rajendra_Mahato
  • 292
    Shares
लोकपाटी न्यूज

काठमाडौँ। जनता समाजवादी पार्टीका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतो बिहीबार साँझ फेर भारतीय दूतावास छिरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि निरन्तर हुने निश्चित प्राय भएपछि ठाकुर र महतो दूतावास छिरेका हुन्।

आफ्ना १६ जना सांसदलाई भक्तपुरको एक रिसोर्टमा राखेर उनीहरु बिहीबार साँझ दूतावास छिरेको एक स्रोतले जानकारी दियो। नयाँ सरकारमा केही मन्त्रीको आश्वासन ठाकुर र महतो पक्षले प्रधानमन्त्री ओली पक्षबाट पाएको पनि स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्