सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपिओ भाेली बाँडफाँट हुदै

IPO Icon
  • 704
    Shares
लोकपाटी न्यूज

काठमाडौं। शुक्रबार सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपिओ बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक सनराइज क्यापिटलले शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट आइपिओ बाँडफाँड गर्ने तयारी गरेको जनाएको छ। कम्पनीले वैशाख १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणलाई २३ लाख ४१ हजार ९ सय ५४ कित्ता सेयर जारी गरेको थियो। कम्पनीको आइपिओमा आवेदन दिएका लगानीकर्ता मध्ये १६ लाख ८५ हजार ६ सय २७ जनालाई गोलाप्रथाबाट सेयर बाँडफाँड गर्नेछ।

त्यसमा १० कित्ताको दरले २ लाख ३४ हजार १ सय ९५ जनाले मात्र शेयर पाउने देखिन्छ। कम्पनीको आइपिओमा आवेदन दिएका मध्य ४ हजार ४ सय ४२ जनाको आवेदन रद्ध भएको क्यापिटलको भनाइ छ। कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आइपीओ निष्काशन गरेको हो।

जसमध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामूहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणले आवेदन दिन दिएका हुन्। कम्पनीले कसुवा खोला हाइड्रो, युनिभर्सल पावर कम्पनी , मोरङ्ग इनर्जी लिमिटेड, राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रकसन, गण्डकी इनर्जी लिमिटेड, राधि विद्युत् कम्पनी, दोर्दी खोला जलविद्युत् कम्पनी, र खारे इन्भेष्टमेन्ट लिमिटेडमा शेयर लगानी गरेको छ।