प्रधानमन्त्रीकाे शपथ ग्रहण भाेली हुने

kp-sharma-oli
लोकपाटी न्यूज

काठमाण्डाैँ। केपी शर्मा ओली नेपालको प्रधानमन्त्रीमा पुनः नियुक्ती हुने भएका छन्। उनलाई संसदको सबैभन्दा ठूला दलको हैसियतले राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नियुक्त गर्न लागेकी हुन्। उनलाई राष्ट्रपति भण्डारीले भण्डारीले संविधानको धारा ७६ को उपधारा (३) बमोजिम नियुक्त गर्नेछिन्। प्रधानमन्त्रीमा नियुक्त भएका अ‍ोलीको भोली नै शपथ ग्रहण हुने स्रोतले जानकारी दियो।

गत सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत गुमाएका प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका थिए। राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि बहुमत जुटाउन तिन दिनको समय दिएकी थिइन्। तिन दिनको समयमा विपक्षी दलहरुले बहुमत जुटाउन नसक्दा केपी ओली नै संसदमा सबैभन्दा ठूलो दलको नेताका हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्