गीतकार कार्कीको निधन

pic
  • 110
    Shares
लोकपाटी न्यूज

काठमाडौं। कवि, गीतकार, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको निधन भएको छ। ८४ वर्षीय कार्कीको छाउनीस्थित सैनिक अस्पतालमा आइतबार बिहान १० : ४५ मा निधन भएको कलाकार निर्देशक मोहन निरौलाले जानकारी दिए।

गत आइतबार अस्पताल भर्ना गरिएका उनी १६ गते देहरादूनबाट काठमाडौं आएका थिए। काठमाडौं आएपछि ज्वरो देखिएको कारण उनलाई अस्पताल भर्ना गरिएको थियो। कार्कीका दुई छोरा र श्रीमती छन्। कार्की पछिल्लो समय जावलाखेल स्थित निवासमा बस्दै आएका छन्।

चलचित्र लेखन तथा निर्देशन समेत रहेका कार्कीको जन्म विसं १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। थुप्रै गीत समेत लेखेका कार्कीको ‘तीजको लहर आयो बरिलै’, ‘बुझ्नै सकिनौँ तिमीले मेरो आँखाको भाका’ लगायतका दर्जनौँ गीत लोकप्रिय छन्।

‘आत्मा बेचेको छैन’, ‘ढलेको गिलास’ र ‘हनिमुन’ (उपन्यास), ‘बसिबियाँलो’ (कथासंग्रह), ‘माया पिरतीको कथा’लगायत थुप्रै कृति प्रकाशित छन्। कार्कीले विश्वास, पहिलो प्रेम, मनको आँखा, भूमरी’ लगायतका फिल्मको निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्