‘मेरी प्रेयसी’

Achut dahal
लोकपाटी न्यूज
-अच्युत दाहाल

मेरी प्रेयसी
न त तिमीलाई बचाउन सके,
अस्पतालले भर्ना गर्न मानेन,
अक्सिजनको अभाव छ रे,
भेन्टिलेटर खालीछैनन् अरे,
सरकार१ उ आफैं कोमा मै छ् ,
होस गुमेको छ आज मेरो,
तिम्रो लाश किन्नु पर्यो,
बिडम्बना हाम्रो यहॉको,
कोरोनाको प्रकोपले,
तिमीलाई निल्यो,
टुलुटुलु हेर्दै रोइरहे,
अन्तिम दर्शन पनी
नपाइने भो
लु चित्त बुझाए,
तर तिम्रो मृत शरीर,
घाट सम्म पुर्याउनु पनी
व्यापारको
सिड़ी चड़न पर्यो,
आँशुले भिजेका,
मेरा आँखाहरू
बिछोडमा धड्केको मुटुले,
गोजीहरू रित्ताउॅदै,
मात्र देखे,
प्रिये तिमी प्लास्टिकमा
बेहरिएको,
क्षमा गर प्रियसी,
कोरोनाले तिमीलाई अछुत बनायो,
धमिरारूपी मानवताको घेरोमा,
मलाई पाषाण हृदयको बनायो।
एक्लै थुनुवामा छु।
के गर्नु प्रिये!
मान्छेहरूका बस्ती जोगाउन पर्यो,
तिम्रो मृत्युले मुटुमा,
निर्दयी व्यापारीहरूको व्यवहारले पिठ्युँको,
देब्रे छातीमा आधात पर्यो,
मेरी प्रेयसी ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्