सुनचाँदीको मूल्य आकाशियो : तोलाको कति पुग्यो ?

gold pic
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्चदरमा वृद्धि भएको छ। गत आइतबारदेखि निरन्तर उकालो लाग्न थालेको सुनचाँदीको मूल्यले आज मंगलबार पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला अधिकतम ६०० रुपैयाँले वृद्धि भएर ९३ हजार ४०० रुपैयाँ कायम भएको छ। त्यस्तै, आज तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको छ।

यता चाँदीको मूल्य समेत मंगलबार उच्च वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी एकै दिन प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्