प्रेम मगरको ‘गजल’

pream magar
लोकपाटी न्यूज

जीवन मरणको दोसाँधमा छन त्यो पर्दैन हिहि
अब बिरामीहरुलाई अक्सिजन त्यो पर्दैन हिहि

म प्रेम कसरी प्रकट गर्ने , वर्षौंदेखि खोजिरहेथे
थाहा भो यस्तो रहेछ रहनसहन त्यो पर्दैन हिहि

सरकार यसरी नै बढीरहोस महंगी र कालोबजारी
यस्तो महामारीमा बजार अनुगमन त्यो पर्दैन हिहि

बा भन्छन हामी, हाम्रो बस्ती भोकमरीले सक्नेभो
अब मर्नलाई पनि बहाना अनेकन त्यो पर्दैन हिहि

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्