शिव र रचनाको ‘सुनको चन्द्रमा’ गीत सार्वजनिक (भिडियो)

sunko
लोकपाटी न्यूज

काठमाडौं। गायक शिव परियार र गायिका रचना रिमालको स्वर रहेको गीत ‘सुनको चन्द्रमा’ को भिडियो सार्वजनिक भएको छ। दीपक शर्माको संगीत रहेको सार्वजनिक गीतमा कलाकार पुष्प आचार्यको शब्द रहेको छ। गीतमा ओम सुनारको एरेन्ज रहेको छ।

गीतको भिडियोमा शंकर बिसी, शोवित बस्नेत ,उत्सव अधिकारी ,दीपा–दामन्ता र डा. प्रतिक्षा पौडेलको अभिनय रहेको रहेको। गीतको भिडियो भरतपुरको पटिहानीमा छायांकन गरिएको हो। यस गीतको भिडियो मार्फत पर्यटकीय छबी बनाउन सफल पटिहानीको अम्रेला स्ट्रिट ,राप्ती नदि ,थारु सस्कृति,बोटे संस्कृति,हात्ती सफारी र थारु कल्चरलाई देखाउन खोजिएको छ।

D

शंकर बिसीको निर्देशक तथा कोरियोग्राफर रहेको “सुनको चन्द्रमा“ लाई दुर्गा पौडेलले छायांकन गरेका हुन्। नबिन घर्ति मगरको सम्पादन रहेको यस गीतलाई रबि एण्ड उषा मिडियाले निर्माण गरेको हो। महेश्वरमान राजभण्डारीको मिक्सिङ तथा मास्टरिङ रहेको सार्वजनिक गीत गायक शिव परियारको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्