‘राजनिती देश अनि माहामारी’

pradip podel
लोकपाटी न्यूज

-प्रदिप पौडेल

अक्सिजन सिलिन्डर नपाएका त्यि मृतक मन जो जिउदै मरणसग संघर्ष गरिरहेका छ्न।
कहाँ ?
यहि हाम्रो देशमा।
छ्ट्पट्याउदो एकपछि अर्को अनि एकसग अर्को आफ्नोत्वकै लागि मात्र स्थापित राजनैतिक प्रतिरोध अनि कोलाहल।
प्रष्ट रुपमा बोल्दास
नीति भित्रको खोक्रो खेल।
कहाँ ??
यहि हाम्रो देशमा।

सरुवा रोग नै त हो। स्रोत साधनको कमि अनि त्यसैमा बिकासोन्मुख राष्ट्र । बढ्दै गरेको कोरोना,डगमगाउदो राजनिति अनि अक्रान्त देशलाई तीन मुख्य एजेन्डा स्थापित गर्न भएनि एउटा त्रिभुजको तिनकुनामा बोल्ड अक्षरमा राखिदिउ।

चिनको युहान प्रान्तबाट सुरु भएको महामारी अनि यस्को परिणाम।
सन्सारमा घटित घटनाले मजबुत पाठ सिकाइसकेको थियो हामीलाई। कैयौं बिकसित राष्ट्र समेत असमर्थ भैरहेको अनि सन्सार नै ग्रसित भैराको अबस्था हामिसामु छर्लङ्ग थियो। आबश्यक साबधानी अनि माहामारिसग जुद्द्न विभिन्न मार्ग,स्रोतसाधन अनि खाका तयार गरिसक्नुपर्थ्यो तर
हाम्रो सोच कता ??
राजनिति अबस्था कता केन्द्रितरु
देश बिकास गर्छु भनी,
राजनितिमा हुम्मिनेहरुको को बहस कतारु

दोर्स्रो लहर पनि आयो झन आक्रामक तवरमा साथै नजिकैको छिमेकी मुलुक भारतमा अझै दयनीय चलिरहदा हामी अझै पनि हाम्रो ध्यान पुर्णरुपले महामारीमा लगाउन सकेनौ।

हर जनका सास रोकिराछ्न,
आखाका आसु बहिरहेका छ्न
अनि
त्यो मलिनरुपी अनुहारको बानी परिसकेको छ।
तर पनि,
देश सुतिराछ अनि सुस्ताइराछ।

देश भन्छस
राजनिती बौलाइराछ अनि मलाइ टोकिराछ।
अनि भन्नुस,
कताको महामारीरुरु
अनि के मतलबरु

फेरि
देश भन्छस
हो युद्द त चलिराछ।
फरक यत्ती हो,
जनता महामारिसग लडिराछ्न,
नेता एक अर्कासग।
अनि भन्नुस
कताको महामारीरुरु
अनि के मतलबरुरु

भाषणमा गड्गडाउदा राष्ट्रभक्तीका ज्ञान छर्नेहरु अनि उनिहरुको गराइ देख्दा भन्न मन लाग्छस्

बोलाइ अनुसारको गराइपनि हुनै पर्छ भन्ने हुदो हो भने बोल्ने मान्छे सायदै कमै हुन्थे होला।

सम्मान त्यि मनहरुमा,
जो निस्वार्थ विषम परिस्थितिमा कोरोना विरुद्ध सम्पुर्णलाई सघाइरह्नुभाछ,स्रोत साधन जुटाउन लागि पर्नुभाछ।
देश पुकार्छ,स्वच्छ राजनिति पुकार्छस्
हजुरहरुजस्तै को खाचो छ।

राजनैतिक कोलाहाल ठ्प्प राखि सबैको ध्यान यो अक्रान्त महामारिसग जुद्द्न,लड्न अनि मजबुत स्रोत(साधनको निर्माण ब्यबस्थापन अनि परिचालनमा केन्द्रित गरौ भन्नेमा जोड आबश्यकता थियो अहिलेको बर्तमान परिस्थितिमा तर
भन्दैछ्नस्
रिमोट लिग
फिल्म हेर्न छोड,
हामी चलाउछौ एकपछि अर्को रोचक कहानी।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्