एमालेकी सांसद रामकुमारी झाँक्री भन्छिन् : जनताले हिसाबकिताब राख्नेछन्

लोकपाटी न्यूज
0 Shares

काठमाडाैँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकी नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रतिनिधि सभाको विघटना सत्ताको अपराधीकरण भएको बताएकी छन्।

शनिबार दिउँसो सामाजिक सञ्जालमा स्टाटस लेख्दै झाँक्रीले देश एउटा अँध्यारो युगमा पसेको बताएकी छन्। आफूहरूले अन्तिम समयसम्म संसद जोगाउन चाहेको भए पनि खराब नियतिका मान्छेहरूको षडयन्त्रको सामू केही नलागेको उल्लेख गरेकी छन्।

‘यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, आइसियू, भेन्टिलेटर नपाएर छटपटाई छटपटाई दैनिक दुई सयभन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्,’ झाँक्रीले लेखेकी छन्।

उनले लेखेकी छन्:-

एउटा अँध्यारो युगको सुरूवात!
हामी अन्तिम समयसम्म संसद जोगाउन चाहान्थ्यौँ। खराब नियतिका मान्छेहरूको षड्यन्त्रको सामु केही लागेन।
यस्तो डरलाग्दो महामारीमा जनता खोप, अस्पताल, औषधि, वेड, अक्सिजन, ICU, Ventilator नपाएर छटपटाई छटपटाई दैनिक दुई सय भन्दा बढीले ज्यान गुमाउनु परेको छ। यो सत्ताको अपराधिकरण हो। यस्तो बेला चाहिएको छ महाराज महारानीलाई चुनाव? जनताले हिसाबकिताब त पक्कै राख्नेछन्।
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्