चालु आर्थिक वर्षकाे दश महिनामा १२ अर्बकाे आयत, १ खर्ब बढीको निर्यात

लोकपाटी न्यूज

काठमाडौं। चालु आर्थिक वर्षको १० महिनामा साढे १२ खर्ब बराबरको वस्तु आयात भएको छ। सोही अवधीमा १ खर्ब बढीको निर्यात भएको छ। कोभिड १९ को दोस्रो लहरको संक्रमणबीच पनि आयात गत वर्षको तुलनामा बढ्दै गएको छ। गत वर्षको सोही अवधिको तुलनामा २२ प्रतिशतले आयात बढिसकेको भन्सार विभागको तथ्यांक छ।

यस अवधिमा १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको आयात भएको भन्सार विभागले जनाएको छ। सोही अवधिमा निर्यात १ खर्ब पुगेको छ। १ खर्ब ८ अर्ब ४७ करोड बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ। नेपाली वस्तुको निर्यातको आँकडा करिब १० वर्ष पछि १ खर्ब पुगेको हो।

सरकारले यस अवधिमा भन्सार महसुलबाट मात्रै ३ खर्ब ५२ अर्ब ८७ करोड संकलन गरेको छ। विभागको तथ्यांक अनुसार सबैभन्दा धेरै इन्धन आयात भएको छ। १० महिनामा डिजेल १३ लाख ९२ हजार ११३ किलोलिटर, पेट्रोल ५ लाख ११ हजार ६७६ किलोलिटर आयात भएको विभागको तथ्यांक छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्