महामारी नियन्त्रणका लागी खोप छिटो उपलब्ध गराउनका माओवादी कर्णाली प्रदेशसभा दलको माग

लोकपाटी न्यूज
0 Shares

सुर्खेत। कर्णाली माओवादी प्रदेश सभा दलको बैठकले कर्णाली प्रदेश सरकारलाई कोरोना बिरुद्धको खोप छिटो छिटो भन्दा उपलब्ध गराउनका लागि पहल थाल्न आग्रह गरेको छ। माओवादी प्रदेश सभा सदस्य बिन्दमान बिष्टले प्रदेश सभादलले सरकारलाई कोरोना महामारी नियन्त्रण गर्न छिटो भन्दा छिटो कोरोना विरुद्धको खोप ल्याउन पहल गर्नु सुझाब दिएको बताए।

सरकारले नया आर्थिकबर्षका लागि सुझाब माग्न बसेको दलको बैठकमा जनस्वास्थ्यलाइ पहिलो प्राथमिकतामा राखेर संघीय सरकार संग समन्वय गर्दै छिटो खोप ल्याउन पहल गर्न अआग्रह गरेको उनले बताए। यस्तै दलको बैठकले अक्सिजन लगायत स्वास्थ्य सामाग्रीको अभाव हुन नदिनका लागि विशेष पहल गर्न आग्रह गरेको छ।

‘प्रदेश सभा दलले सरकारलाई पहिलो कुरा कोरोना महामारीका विरुद्ध लडनका लागि कुनै कसर बाँकी नराख्न भनेको छ। यस्तै गरी आगामी निति तथा कार्यक्रमका लागि पनि सल्लाह सुझाव दिने काम भएको छ।’ प्रदेशसभा सदस्य बिष्टले भने, ‘महामारी नियनत्रण गर्न र कर्णालीका जनतालाई महामारीबाट बचाउन अक्सिजन लगायतका स्वास्थ्य सामाग्रीको कमि हुन नदिन सरकारलाई भनेका छौं।’

यसैगरी आगामी बजेटमा स्वास्थ्य क्षेत्रका आवश्यक पुर्वाधारमा जोड दिन पनि आग्रह गरिएको उनले बताए। दलको बैठकले बजेट विनियोजन गर्दा तथा अघिल्ला आर्थिक बर्षहरुमा जस्तै बजेट कार्यान्वयनमा समस्या नहुने गरी बजेट ल्याउन सरकारलाई सुझाएको छ। यसैगरी प्रदेशमा गरिबी घटाउने, रोजगारी सुजना गर्ने तथा पूर्वाधार विकासलाई अघि बढाउने बजेट ल्याउनका लागि सुझाब दिएको बिष्टले जनाए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्