निषेधाज्ञाका कारण संशोधित आर्थिक वृद्धि हुन पनि कठिन : अर्थमन्त्री

bishnu-poudel
लोकपाटी न्यूज

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले लक्ष्य गरेअनुसारको आर्थिक वृद्धि हासिल हुन चुनौतीपूर्ण रहेको बताएका छन्।

शुक्रबार चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन्। सरकारले चालु आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि केन्द्रीय तथ्यांक विभागले ४.०१ प्रतिशतको संशोधित अनुमान सार्वजनिक गरेको थियो। अर्थमन्त्री पाैडेलले कोभिड महामारीका कारण संशोधित वृद्धिसमेत हासिल गर्न कठिन हुने बताएका छन्।

सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको थियो। कोरोना महामारीकै बीचमा बजेट सार्वजनिक गर्दा आर्थिक वृद्धिको लक्ष्य बढी राखिएको भन्दै यो लक्ष्य पूरा हुन नसक्ने अर्थविद्हरुले बताउँदै आएका थिए।

त्यस्तै अर्थ सचिव शिशिर ढुंगानाले अर्थतन्त्र धेरै जोखिममा नभएको बताएका छन्।  ‘अर्थतन्त्रका परिसूचक सवल छन, विनिमय संचिति सन्तुलित छ, मूल्यबृद्धि नियन्त्रित छ, आयात निर्यात ठीक छ र वैशाख सम्मको राजश्व संकलन राम्रो छ’ उनले भने, ‘आर्थिक बृद्धि बाहेकका बाहेक अन्य सूचक राम्रा छन्। रेमिट्यान्स ८ दशमलव ६ प्रतिशत बढेको छ अर्थतन्त्रमा धेरै जोखिम अवस्थामा छैन। निषेधाज्ञा भन्दा अगाडीको ट्रेन्ड हेर्दा अर्थतन्त्रको अवस्था सन्तोषजनक नै छ।’

 सरकारले शनिवार आर्थिक वर्ष २०७८/७९ को  बजेट सार्वजनिक गर्दैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्