जेष्ठ ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डकाे बाँडफाँड सम्पन्न

लोकपाटी न्यूज

काठमाडौं। प्रभु सेलेक्ट फन्डको बाँडफाँड गरिएको छ। फन्डमा आवेदन दिएकामध्ये ८२ हजार १ सय ५२ जना आवेदकले इकाई पाएका छन्।

फन्डमा ८५ हजार ५ सय ५५ जनाले आवेदन दिएका थिए। न्यूनतम १०० इकाई देखि १० लाख इकाईसम्म आवेदन गर्ने सबैलाई आवेदन अनुसार कै इकाईहरू बाँडफाँड गरिएको छ भने १० लाख इकाई माथि आवेदन गर्ने आवेदकहरुलाई बराबरी रूपमा इकाईहरू बाँडफाँड गरिएको प्रभु क्यापिटलले जनाएको छ।

जेष्ठ ५ गते देखि ९ गते सम्म सार्वजनिक निष्काशन गरिएको प्रभु सेलेक्ट फण्डमा १० करोड इकाईको निष्काशन गरिएकोमा निष्काशनको करिब २ गुणा सम्म आवेदन परेपछि स्वीकृत विवरण पत्रमा भएको व्यवस्था तथा सामूहिक लगानी कोष निर्देशिका २०६९ अनुसार प्रभु सेलेक्ट फण्डको आकार १२ करोड ५० लाख इकाई अर्थात रु. १ अर्ब २५ करोडको भएको छ।

सोमध्ये सर्वसाधारण लगानीकर्ताहरूलाई १० करोड ६२ लाख ५० हजार इकाई बाँडफाँड गरिएको छ। फन्डले १५ प्रतिशत इकाईमध्ये कोष प्रबरर्द्धक प्रभु बैंक लिमिटेडलाई १४ प्रतिशत अर्थात रु. १७ करोड ५० लाख बराबरको १ करोड ७५ लाख इकाई र योजना व्यवस्थापक प्रभु क्यापिटललाई रु. १ करोड २५ लाख वापत १२ लाख ५० हजार इकाई सुरक्षित गरी बाँडफाँड गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्